Logo

Breaking News 1

सरकारी अस्पतालमा जन्मिएका छोरीहरूको जीवन बीमा गरिदिने रेनु दाहालको पहिलो निर्णय



चितवन । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै उनले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका छोरीहरूको जीवन बीमा गरिदिने पहिलो निर्णय गरिन् ।

मेयर दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरू​ले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बीमा गरिदिने निर्णय गरेकी हुन् । त्यस्तै उनले महानगरपालिका भित्रका स्थानीयतको लागि सात हजारसम्म खानेपानीको महसुल तिरिदिने दोस्रो निर्णय गरेकी छन् । खानेपानी सेवाबाट करिब ५२ प्रतिशत जनता लाभान्वित हुने बताइएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ९ : ०६ बजे