Logo

मुख्य समाचार

ललितपुर महानगरको मेयरमा चिरिबाबु महर्जन निर्वाचित



ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन दोहोरिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार महर्जन दोस्रो पटक मेयरमा निर्वाचित भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतको अन्तरले हराएका हुन् । महर्जनले ४२ हजार ७ सय २२ मत ल्याए भने व्यञ्जनकारले २४ हजार ५ सय ६० मात्र मत ल्याउन सफल भए । ललितपुरमा ८६ हजार ५ सय ४० मत खसेको थियो ।

यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि दुवै जना आमनेसामने भएका थिए । त्यतिबेला महर्जनले ३ सय २६ मतले मात्र व्यञ्जनकारलाई हराएका थिए । यसपालि सत्तागठबन्धनबीच यहाँ चुनावी गठबन्धन भएकाले पनि चिरिबाबुलाई जित्न सहज भएको हो ।

उपमेयरमा भने एमालेकी मञ्जली शाक्य निर्वाचित भएकी छिन् । उनले गठबन्धनबाट उठेका माओवादी केन्द्रका बाबुराज बज्रचार्यलाई हराइन् । उनले २५ हजार ८४ मत प्राप्त गरिन् भने बज्रचार्यले १८ हजार ७ सय ५२ मात्र मत प्राप्त गरे । विजेताहरुले शुरुआतदेखि नै अग्रता लिँदै आएका थिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ६ : ५३ बजे