Logo

मुख्य समाचार

आजबाट बल्ल सुरु भयो त्रियुगा नगरपालिकाको मतगणना



काठमाडौं । उदयपुरको त्रियुगा नगपालिकाको मतगणना आजबाट बल्ल सुरु भएको छ ।

निर्वाचन सम्पन्न भएको ११ दिनपछि आजबाट बल्ल मतगणना सुरु भएको हो । त्रियुगा-१२ को जनप्रेमी माविमा रहेका ‘क’ ‘ख’ ‘ग’ मतदान केन्द्रमा मतदानका क्रममा विवाद भएपछि मतदान नै स्थगित भएको थियो ।

सो केन्द्रमा पुनस् मतदान गर्नुपर्ने वा मतगणना गर्ने विषयमा दलहरुबीच विवाद भएपछि मत गणना सुरु हुन सकेको थिएन ।

राजनीतिक दलहरुले पुन मतदानको माग गरेपनि निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  २ : ३५ बजे