Logo

निर्वाचन विशेष

पाँचखाल नगरपालिकाको मेयरमा खरेल पुन: निर्वाचित



काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको प्रमुखमा महेश खरेल निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार रहेका खरेल नगरपालिकाको नेतृत्वमा दोस्रो पटक चुनिएका हुन् ।

२०७४ सालको निर्वाचनमा पनि उनी पाँचखालको मेयर बनेका थिए । उनले नकटस्तम प्रतिस्पर्धी नेकपा एमालेका कञ्चन अधिकारीलाई पराजित गरेका हुन् ।

खरेलले १२ हजार ८३६ मत पाए भने अधिकारीले ८ हजार ११५ मत पाए । उपप्रमुखमा एमालेकी उमेदवार सूर्यमाया दनुवार विजयी भइन् । उनले नौ हजार ५३४ मत पाइन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उमेदवार चेतप्रसाद गौतमलाई पराजित गरेका हुन् । गौतमले नौ हजार १० मत ल्याए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ९ : ४२ बजे