Logo

Breaking News 1

भरतपुर महानगर: रेणुले बनाईन पाँच हजार बढीको मतान्तर, विजय र जगन्नाथले कति मत ल्याए ?



काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मत गणना जारी रहेको छ । जारी मतगणनाअनुसार गठबन्धनअन्तर्गतको नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेकी छिन् ।

रेणुले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई पाँच हजारभन्दा बढी मतले पछाडि छाडेकी छिन् । पछिल्लो प्राप्त परिणामअनुसार रेणुले २७ हजार ४ सय १२ मत पाएकी छिन् ।

उनका निकटस्तम प्रतिस्पर्धी नेकपा एमालेका सुवेदीले २२ हजार २ सय ७९ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५ सय ५२ मत पाएका छन् ।

उपमेयरमा गठबन्धनअन्तर्गतकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले आफ्नो अग्रता कायमै राखेका छन् ।

अधिकारीले २९ हजार ५ सय २५ मत पाएका छन् भने उनलाई पछ्याईरहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमाला गुरुङले १७ हजार ३ सय २५ मत ल्याएकी छिन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ९ : ५० बजे