Logo

निर्वाचन विशेष

कलैया उपमहानगरको मेयरमा एमालेका साह विजयी, उपप्रमुखमा पनि एमालेकै प्रविन



काठमाडौं । बाराको कलैया उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको छ । गठबन्धनलाई हराएर एमालेका विनोद साह प्रमुख र रौशन प्रविन उपप्रमुखमा विजयी भएका हुन् ।

उपमहानगरको प्रमुखमा एमालेका उम्मेदवार विनोद साह २४ हजार १३९ मत ल्याएर विजयी भएका हुन् । उनले प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेस बाराका सभापति समेत रहेका राजेश राय यादवलाई ५ हजार ५९९ मतको फराकिलो मतान्तरले पराजित गरेका हुन्। यादवले १८ हजार ५४० मत प्राप्त गरेका छन् ।

हाल पराजित यादवको २०७४ को स्थानीय तह निर्वाचनमा साहसँगै प्रतिस्पर्धा भएको थियो । त्यसबेला प्रमुख ,उपप्रमुख दुवैमा काँग्रेसले जितेको थियो । १८६ मतको अग्रतामा काँग्रेसका वर्तमान सभापतिसमेत रहेका यादव निर्वाचित भएका थिए ।

यस्तै, उपप्रमुखमा एमालेकी उम्मेदवार रौशन परविन विजयी भएकी छिन् । परविनले १९ हजार २५१ मत प्राप्त गरिन् ।

उनले साझा गठबन्धनका जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार प्रमोद गुप्तालाई पराजित गरेकी हुन् । संविधानसभा सदस्य समेत रहेका गुप्ताले १८ हजार ३०२ मत पाए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ९ : ३७ बजे