Logo

Breaking News 1

विराटनगर महानगरको मेयरमा कांग्रेसका कोइराला विजयी, उपमेयरमा एमालेकी कार्की



काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला विजयी भएका छन् ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कोइरालाले नेकपा एमालेका उम्मेदवार सागरकुकार थापालाई पराजित गर्दै विजयी भएका हुन् ।

कोइरालाले ३० हजार १७० मत पाए भने एमालका थापाले २१ हजार ४५५ मत पाए ।

यस्तै, उपमेयरमा भने नेकपा एमालेकी शिल्पा कार्की विजयी भएकी छिन् । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका अमरेन्द्र यादवलाई पराजित गर्दै उनले विजय हासिल गरेकी हुन् ।

कार्कीले २५ हजार ६८० मत पाइन् भने यादवले १४ हजार २१९ मत पाए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ९ : २६ बजे