Logo

निर्वाचन विशेष

काभ्रेको बेथानचोकको मेयरमा काँग्रेसका अधिकारी र उपमेयर माओवादीकी तिमल्सिना विजयी



काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादी केन्द्रकी तारा राना तिमल्सिना विजयी भएका छन् ।

१० हजार ७ सय ३४ मत खसेकोमा अधिकारीले ६ हजार १९ मत ल्याएर विजयी भए । उनका निकटस्तम प्रतिस्र्धी नेकपा एमालेका उम्मेदवार कमलप्रसाद नेपालले ३१ सय ६० मत पाए ।

यस्तै, उपाध्यक्षमा निर्वाचित तिमल्सिना ४ हजार ४९८ मतसहित विजयी भइन् । उनले नेकपा एमालेकी उपाध्यक्ष उम्मेदवार सरला केसीलाई पराजित गरेकी हुन् ।

केसीले ३ हजार ५७३ मत ल्याइन्।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ९ : ४३ बजे