Logo

Breaking News 1

पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै



पोखरा । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ ।

हालसम्म ४७ हजार ५६६ मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका धनराज आचार्यले १९ हजार ६१५ मत पाएका छन् । उनलाई एमालेका कृष्ण थापा १७ हजार ५१२ मतसहित पछ्याइरहेका छन् ।

उपमेयरमा एमालेका मन्जुदेवी गुरुङले २० हजार २ मत पाएकी छन् । गठबन्धनका कोपिला रानाभाटको मत १९ हजार ७७४ रहेको छ ।

पोखरामा कुल १ लाख ४३ हजार २२६ मत खसेको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ८ : ०२ बजे