Logo

समाचार

एमालेको विजय जुलुसमा जाँदै गरेको गाडी दुर्घटना, २४ जना घाइते, ६ को अवस्था गम्भीर



काठमाडौं। रुपन्देहीको भैरहवामा नेकपा एमालेको विजय जुलुसमा जाँदै गरेको गाडी दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० को विजय जुलुसको गाडी दुर्घटना हुँदा २४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मतगणना स्थल भैरहवा नमुना माध्यमिक विद्यालयबाट गएको नेकपा (एमाले)को जुलुस सिद्धार्थनगर-१० को शंकरपुरमा दुर्घटनामा परेको हो ।

मिनिट्रक अनियत्रित भएर पल्टिएको बताइएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  २ : ४३ बजे