Logo

निर्वाचन विशेष

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीले जित्यो



काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको अध्यक्षमा माओवादी केन्द्रका रवि केसी विजयी भएका छन् ।

केसीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धिरेन्द्रकुमार बटालालाई पराजित गरेका हुन् । केसीले ७ हजार ३ सय ९९ मत पाए भने बटालाले ६ हजार ६ सय १५ मत पाए ।

एमाले उम्मेदवार कृष्णाकुमारी मल्लले १ सय ९९ मत पाइन् । यस्तै, उपप्रमुखमा पनि माओवादी केन्द्रकै धनकुमारी शाही विजयी भएकी छिन् ।

उनले नेकपा एमालेका दिनेश चन्दलाई पराजित गरेकी हुन् । शाहीले ७ हजार २ सय ६७ मत ल्याइन भने चन्दले ६ हजार २ सय ६८ मत पाइन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १ : ३२ बजे