Logo

Breaking News 1

रेणुको छलाङ: १७ सय बढी भाेटले विजयलाई उछिनिन्



काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार गठबन्धनतर्फकी नेकपा माओवादी केन्द्रकी रेणु दाहालले लगातार मतान्तर बढाउँदै लगेकी छिन् ।

उनले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १७ सय बढी मतले पछाडि पारेकी छिन् ।

पछिल्लो प्राप्त विवरणअनुसार रेणुले ९ हजार ९ सय ७० मत ल्याएकी छिन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सुवेदीले ८ हजार २ सय ५८ मत ल्याएका छन् ।

अहिले दाहाल र सुवेदीबीचको मतान्तर १७ सय १२ पुगिसकेको छ । मेयरका अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ५ सय ४ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले फराकिलो अग्रता बनाएका छन् । उनले ११ हजार ७ सय ४० मत ल्याएका छन् भने उनलाई पछ्याईरहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार हिमाला गुरुङले ६ हजार ६ सय ६८ मत ल्याएकी छिन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ११ : १० बजे