Logo

निर्वाचन विशेष

पर्साको धोविनी गाउँपालिका अध्यक्षमा जसपाको विजयी



वीरगञ्ज । पर्साको धोविनी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका मदन प्रसाद चौहान विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वशिष्ठनारायण प्रसाद कुर्मीलाई जम्मा २० मतान्तरले पराजित गर्दै मदन अध्यक्षमा निर्वाचित भएका हुन् । मदनले तीन हजार ९१ मत ल्याए भने वशिष्ठले तीन हजार ७१ मत पाएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु देवी निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी प्रियंकादेवी यादवले भन्दा ५६६ मत बढी पाइन् । मञ्जुले तीन हजार १४३ मत पाउँदा प्रियंकाले दुई हजार ५७७ मत पाइन् । निर्वाचित अध्यक्ष र उपाध्यक्षलाई बुधबार दिउँसो प्रमाणपत्र वितरण गर्ने निर्वाचन अधिकृत कैलाश दहालले जानकारी दिए ।

अध्यक्ष र उपाध्यक्षमा ०७४ सालको निर्वाचनमा भन्दा ठीक उल्टो परिणाम देखिएको छ । ०७४ मा अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा तत्कालिन संघीय समाजवादी फोरम विजयी भएको थियो । त्यसबखत अध्यक्षमा नेपाली कांग्रेसका सुरेशप्रसाद कुर्मी र उपाध्यक्षमा फोरमबाट पारसनाथ प्रसाद कुर्मी निर्वाचित भएका थिए । यस वर्ष उपाध्यक्षमा निर्वाचित मञ्जु उपाध्यक्षमा पारसनाथसँग १७१ मतले पराजित भएकी थिइन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ६ : ५७ बजे