Logo

Breaking News 1

बालेन साहको भोट बढेको बढ्यै, मतान्तर झन फराकिलो



काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले मतान्तर झन बढाउँदै लगेका छन् ।

पछिल्लो मत विवरण अनुसार, उनले अहिलेसम्म ११७९२ भोट पाएका छन् । एमालेका केशव स्थापितले ६४७६, गठबन्धनको तर्फबाट कांग्रेसकी सृजना सिंहले ५६७४, राप्रपाका मदनदास श्रेष्ठले ७१४, स्वतन्त्र सुमन सायमीले ६३३, विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले ७८, अर्का स्वतन्त्र सुशील थापा क्षेत्रीले ३०, उन्नत लोकतन्त्र पार्टीका प्रेमसागर कर्माचार्यले ११ मत पाएका छन् ।

हाल गणना भइरहेको स्थानहरु काठमाडौंको नेवारहरुको बाक्लो बस्ती हो । नेवार बस्तीमा समेत बालेनकाे मत नघटेपछि उनले चुनाव जित्न सक्ने अड्कालबाजी शुरु भएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १२ : ०१ बजे