Logo

Breaking News 1

बालेनले बनाए स्थापितसँग ३ हजार बढीको मतान्तर, यस्तो छ पछिल्लो मत परिणाम



काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता कायमै राखिरहेका छन्।

उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितसँग तीन हजार बढीको मतान्तर बनाएका छन् । बालेनले ६ हजार ४ सय ८६ मत पाएका छन् । उनलाई पछ्याइरहेका स्थापितले ३ हजार ४ सय १३ मत पाएका छन् ।

यस्तै, गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार ९ मत पाएकी छिन् ।

उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ५ हजार ८ सय ४४ मत पाएकी छिन् भने उनलाई पछ्याईरहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १ हजार ६ सय ९ मत पाएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १० : ४७ बजे