Logo

निर्वाचन विशेष

एमाले अध्यक्ष ओलीको वडामा कांग्रेसको प्यानलै विजयी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेको भक्तपुरको सूर्यविनायक नगरपालिका-२ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

ओलीको हालको निवास रहेको सूर्यविनायक वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रदीप कार्की विजयी भएका छन् ।

कार्की १ हजार ५११ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाए । त्यस्तै वडा सदस्यहरुमा रन्जिता तिखात्री, कल्पना खतिवडा, जनार्दन खड्का र भगत रानाभाट विजयी भए ।

ओलीले महेन्द्र शान्ति माध्यमिक विद्यालयबाट मतदान गरेका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : ५५ बजे