Logo

निर्वाचन विशेष

एमालेको लालकिल्ला कुम्मायक ध्वस्त: कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी



काठमाडौं । नेकपा एमालेको लालकिल्ला मानिने पाँचथरको कुम्मायक गाउँपालिकामा गठबन्धनका उम्मेदवारले विजय हासिल गरेका छन् ।

अध्यक्ष पदमा नेपाली कांग्रेसका बम प्रसाद लावतीले विजय हासिल गरेका छन् । उनले नेकपा एमालेका उम्मेदवार भिमप्रसाद सम्हाम्फेलाई १ सय ५७ मतले पराजित गरेका हुन् ।

लावतीले ३ हजार ५७ मत प्राप्त गर्दा एमालेका प्रत्याशी भिम सम्हाम्फेले २ हजार ९ सय मत प्राप्त गरे । यस्तै, उपाध्यक्ष पदमा पनि गठबन्धन अन्तर्गत माओवादी केन्द्रका महेन्द्र खड्का विजयी भएका छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेकी सिता रिजाल आचार्यलाई ३४ को मतान्तरले पराजित गरेका हुन् ।

खड्काले २ हजार ७५८ र आचार्यले २ हजार ७२४ मत पाए । ५ वटा वडा रहेको यस कुम्मायक गाउँपालिकामा २ वटा गठबन्धन र ३ वटामा नेकपा एमालेले जित हासिल गरेको छ ।

०७४ को स्थानीय तहको निर्वाचनमा २७ वटा पदमध्ये वडा नम्बर १ मात्रै स्वतन्त्रले जितेको थियो भने बाँकी २६ वटा पदमा नेकपा एमालेले जितेको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : ४५ बजे