Logo

निर्वाचन विशेष

अछामको ढकारी गाउँपालिकामा कांग्रेस विजयी



काठमाडौं । अछामको ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार प्रकाशबहादुर साउद निर्वाचित भएका छन् । उनले ३ हजार १८१ मत पाए । उनका निकटतम प्रतिस्पर्धी धर्मबहादुर शाहीले २ हजार ५५५ मत पाए । एकीकृत समाजवादीका शेरबहादुर बुढाले १ हजार ५९० मत पाए ।

त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै नेत्रकला देवी शाही निर्वाचित भइन्। उनले ३ हजार १०० मत पाइन । उनकी निकटतम प्रतिस्पर्धी माया देबी बुढाले २ हजार ५७३ मत पाइन । एकीकृत समाजवादीकी देभकला चलाउने९खत्री०ले १ हजार ५७८ मत पाइन्।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ६ : ४९ बजे