Logo

निर्वाचन विशेष

रेणुसँगको मतान्तर घटाउँदै एमालेका उम्मेदवार सुवेदी, मात्र ८० मतको अन्तर



काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा ४ हजार ८ सय ७७ मतगणना हुँदा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छिन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले निरन्तर पछ्याईरहेका छन् । सुवेदीले रेणुसँगको मतान्तर घटाउँदै लगेका छन् ।

सुवेदी र रेणुबीचको मतान्तर ८० मात्रै रहेको छ । रेणुले १७ सय २७ मत प्राप्त गरेकी छिन् भने सुवेदीले १६ सय ४७ मतसहित पछ्याईरहेका छन् ।

कांग्रेसका बागी जगन्नाथ पौडेलले ५ सय ७९ मत मात्रै पाएका छन् । यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले अग्रता कायम राखिरहेका छन् । उनले १८ सय ५९ मत पाएका छन् ।

राप्रपाकी हिमला गुरुङले १३३३ मत पाएकी छन्।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ३ : ०१ बजे