Logo

निर्वाचन विशेष

भक्तपुर नगरपालिका–२ मा नेमकिपाको क्लिन स्वीप



काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर २ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले क्लिन स्वीप गरेको छ ।

आइतबार सकिएको वडा नम्बर दुईको मतगणनाको परिणामअनुसार नेमकिपाका उम्मेदवार हरि प्रसाद बासुकला वडा अध्यक्षमा विजयी भएका छन् ।

नेमकिपाका बासुकलाले २ हजार ६२५ मत प्राप्त गरेर प्यानल सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार संच ज्ञान याकामीले ८९१ मत पाए ।

खुला वडा सदस्यमा नेमकिपाका सुर्य प्रसाद श्रेष्ठले २ हजार २१९, गंगा लक्ष्मी बमनुले २ हजार १५३ मत ल्याएर विजयी भएका छन् ।

यस्तै, महिला सदस्यमा नेमकिपाकी कल्पना शिल्पकारले २ हजार २४२ मत ल्याएर विजयी भएकी छिन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  २ : २० बजे