Logo

निर्वाचन विशेष

राप्रपा देशव्यापीः ११ वटामा बिजयी, १३ मा अग्रता, मत आधारमा दोस्रो स्थान



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यो स्थानीय चुनावमा आफ्नो पोजिसनलाई निकै मजबुत बनाउन सफल भएको छ ।
देशभरको पछिल्लो निर्वाचन परिणाम हेर्दा राप्रपाले देशैभरका हरेक स्थानीय निकायमा राम्रो मत बटुल्न सफल भएको हो । अहिलेसम्मको विवरण अनुसार, ११ वटा स्थानमा बिजय र १३ वटामा अग्रता र देश भरी द्रोस्रो र तेस्रो स्थानमा राप्रपा देखिएको हो । यो परिणामले कांग्रेस र कम्युनिष्टहरुलाई अबको प्रतिश्पर्धी राप्रपा बन्ने संकेत देखाएको हो ।

‘हामीले ठुलो मिहिनेत गरे अनुसार जनताले जनअनुमोदन गरेको प्रमाण हो यो, ’राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले भने,‘प्रतिनिधिसभाको चुनावसम्म हामी देशको बलियो राजनीति शक्तिमा दरिनेछौं ।’ अब राप्रपा मुलुक संचालनको मुख्य शक्तिमा उदाएको उनले दावी गरे ।

पछिल्लो मत परिणाम अनुसार, हालसम्म २.२५ प्रतिशत मत परिमाण आउँदा राप्राले ११ वटा वडा अध्यक्ष मा बिजय र १३ वटा पालिका / नगरपालिका प्रमुखमा अग्र स्थानमा र देशै भरी दोस्रो र तेस्रो स्थामा प्रतिस्पर्धा गरिरहेको छ । प्रवक्ता शाहीले भने,‘यहि परिमाण आउने हो भने करिब २०० वडा भन्दा बढी र ३० वटा भन्दा बढी पालिका ÷नगरपालिका प्रमुखमा जित्ने सम्भावना देखिन्छ हामिले सोछे भन्दा राम्रो परिमाण ल्याउन सफल भएका छौं ।’

निर्वाचन आयोगका अनुसार, कपिलवस्तुको कृष्णनगरमा– १ मा राप्रपाका टुकनाथ चौधरिको प्यानलसहित बिजय भएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ वडामा राप्रपा विजयी भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका – १ को अध्यक्ष पदमा अलि पठान (मुक्त्तर अहमद पठान ) विजयी भए । चितवनको माडी नगरपालिका – १ को अध्यक्ष पदमा अमित लामा , रुपन्देही सिद्धार्थनगर – २ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तव प्यानलसहित निर्वाचित भएका छन् ।
त्यसैगरि, नवलपरासी रामग्राम – १ मा राप्रपा का रुद्र प्रसाद सिंह अध्यक्षमा विजयी भए । )डोटीको के.आई. सिंह गाऊँपालिका– ७ को अध्यक्षमा राप्रपाका दिल बहादुर बलायर प्यानल सहित विजयी भएका छन् ।

बैतडीको सुर्नया गाउँपालिका– २ मा गणेश बहादुर विष्ट अध्यक्ष सहितको टिम प्यानल नै विजय भयो । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका– ७ मा अध्यक्ष उमेश कार्की, धादिङको खनियाबास गाउँपालिका– १ को अध्यक्षमा सोनाम तामाङ, रुपहेन्दीको ओमसतियामा बेलबहादुर बराल सहित प्यानल नै बिजयी भएका विवरण प्राप्त भएका छन् । कंचनपुरको दोधारा चाँदनी – १ को वडा अध्यक्ष बिक्रम चन्द पनि विजयी भएका छन् । राप्रपाले अग्रस्थान हांसिल नगरेका तहमा पनि निकै बलियो मत ल्याउन सफल भएको छ । अघिल्लो २०७४ सालको स्थानीय चुनावमा नगन्य स्थानमा मात्र विजयी भएको राप्रपा यसपाली कांग्रेस र कम्युनिष्ट दलहरुलाई कडा टक्कर दिनेगरि मत प्राप्त गरिरहेको छ । अझै पार्टी विस्तार संगठन निर्माण गरेर राप्रपालाई मुलुकको मुल शक्तिका रुपमा स्थापित गर्ने प्रवक्ता शाहीले बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ११ : २४ बजे