Logo

Breaking News 1

हुम्लामा गोली चल्यो, मतदान अधिकृत सहित २ जना घाइते


३० बैशाख २०७९, शुक्रबार  

0
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचनको क्रममा आज शुक्रवार हुम्लाको एक मतदान केन्द्रमा गोली चलेको छ । एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली चलाएको हो ।

स्थानीयको ढुंगामुढाबाट मतदान अधिकृतसहित २ जना घाइते भएका छन् । माथिल्लो हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा सो तनाव भएको हो ।

ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिए । हुम्लाका अन्य मतदान केन्द्रमा शान्तिपुर्ण मतदान भइरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १० : १६ बजे