Logo

Breaking News 1

निर्वाचनका क्रममा झडप हुँदा दोलखमा गोली चल्यो


३० बैशाख २०७९, शुक्रबार  

0
Shares

दोलखा । दोलखाको बैत्यश्वरमा गोली चलेको छ । स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन ।

दोलखा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले मतदानका क्रममा झडप भएपछि हवाइ फायर गरेको जानकारी दिए ।

झडप नियन्त्रण गर्न दुई पटक हवाइ फायर गरेर अहिले पुनः मतदान सुरु भइसकेको बताए । यस्तै बैत्यश्वरमा थप प्रहरी परिचाल गरिएको उनले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : ४८ बजे