Logo

निर्वाचन विशेष

केशव स्थापितले भने,‘केहि गल्ती गरेको भए क्षमा पाउँ’



काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरको मेयरका प्रत्यासी केशव स्थापितले काठमाडौंबासीसंग माफी मागेका छन् ।
मंगलबार चुनावीसभामा उनले भने,‘चुनावी मुद्दामा आफ्नो वाणीले केही कसैलाई दुःख पीडा भए माफ पाउ भन्दै माफी र क्षमा मागे । ‘माफ पाउ केही गल्ती गरेको भए, क्षमा पाउँ ।’

आफू विजयी भए एक वर्षमा काठमाडौंका फोहोर मैला तह लगाउने दावी उनले गरे । स्थापितले ‘चुनावी सभा हो कि विजय उत्सव ?’ भन्दै आफ्नो जित भइसके पनि भन्न मात्रै नसकेको बताए ।

उनले काठमाडौंमा आफ्नो प्रतिस्पर्धी नै उत्पादन नभएको पनि बताए । तैपनि षडयन्त्र बाँकी रहनसक्ने भन्दै उनले एक वर्षमा काठमाडौंंको फोहोर मैला तह लाग्ने दावी गरे । ‘एक वर्षमा काठमाडौंको फोहोर मैला तह लाग्छ । यो कुराको केही दिनमै महशुस हुन्छ’, उनले विहान बेलुकै फोहोर उठाउने दावी गर्दै फोहरमैलामा अव काँग्रेसले राजनीति गर्न नपाउने बताए । ‘फोहरमैलामा काँग्रेसले राजनीति गर्न पाउँदैन’, स्थापितको भनाइ छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ४ : ४० बजे