Logo

निर्वाचन विशेष

कांग्रेसले जिते प्रदेश राजधानी डडेल्धुरामा ल्याउँछु: प्रधानमन्त्री देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराका सबै स्थानीय तह नेपाली कांग्रेसले जिते सुदूरपश्चिको प्रदेश राजधानी डडेल्धुरामा बनाउने बताएका छन् ।

गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले चुनावीसभालाई सम्बोधन गर्दै प्रदेश राजधानी डडेल्धुरामा सार्ने बताएका हुन् ।

‘कांग्रेसका सबै उम्मेदवारलाई जिताउनुस्, बिजुली पनि ल्याइन्छ, पश्चिम सेती सबै ल्याइन्छ, भोली पूर्वाधार बनाएर राजधानी पनि ल्याएर छोड्ने छु,’ उनले भने।

देउवाले कांग्रेसलाई जिताएमा बिजुली पानी र पश्चिम सेती जलविद्युत आयोजना सबै ल्याउने भन्दै देशको विकास गर्ने पार्टी कांग्रेसमात्र भएकाले अन्यत्र बहकिन नहुने बताए ।

देशको विकास गर्ने पार्टी कांग्रेस मात्रै भएको बताउँदै उनले अरुले विकासको गफ मात्रै गर्ने गरेको उल्लेख गरे।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : ०८ बजे