Logo

Breaking News 1

वडाध्यक्ष उम्मेदवार चौधरीको मृत्यु



काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकास्थित-१९ नम्बर वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ ।

नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीको सोमबार राति मृत्यु भएको हो । ५३ वर्षीय चौधरी केही दिनअघि बरामी परेपछि काठमाडौंमा उपचार भइरहेको थियो ।

चौधरी ०७४ को चुनावमा तुलसीपुर १७ को वडा सदस्यमा निर्वाचित भएका थिए।

चौधरी मिर्गौला र कलेजो सम्बन्धी समस्याबाट पीडित थिए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ९ : १४ बजे