Logo

मुख्य समाचार

आज काठमाडौंमा चुनावी सभा गर्दै एमाले, ओलीले सम्बोधन गर्ने



काठमाडौं । स्थानीय तहको निर्वाचनको मौन अवधि सुरु हुन केही घन्टा मात्र बाँकी रहँदा नेकपा (एमाले)ले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा आयोजना गर्ने भएको छ ।

एमाले काठमाडौं जिल्ला कमिटीको आयोजनामा दिउँसो २ बजे हुने सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार वडा–वडादेखि आउने जुलुसःर्‍याली सभा स्थल जानेछन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ९ : ०१ बजे