Logo

समाचार

दैलेखको आठबीसमा सकेट बम फेला



काठमाडौं । दैलेखको आठबीस नगरपालिका-६ मा सकेट बम फेला परेको छ ।

बारीमा पुरिएको अवस्थामा बम फेला परेको प्रहरीले जानकारी दिएको छ । स्थानीयले बारी खन्ने क्रममा बम फेला परेको हो ।

नेपाली सेनाको बम डिस्पोटल टोलीले बम डिस्पोज गरिरहेको जानकारी प्रहरीले जनाएको छ ।

बम करिब १५ वर्ष पुरानो भएको बताइएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ०९ बजे