Logo

निर्वाचन विशेष

ओलीको दम्भले उनैलाई विनास गर्याे : नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दम्भ देखाए विनास हुने बताएका छन् ।
पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीको दम्भले उनैलाई सिद्ध्याउने बताए ।

‘कांग्रेस र कम्युनिस्ट शक्ति मिलेर मात्र परिर्वतन सम्भव भएको हो,’अध्यक्ष नेपालले भने,‘तर कहिले कम्युनिस्टले त कहिले कांग्रेसले दम्भ देखाए ।’ दम्भले केपी ओलीको विनाश गराएको उनको भनाई छ । तपाईंको पनि विनाश बाहेक केही हुने छैन ।’
पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाट उम्मेदवार छन् ।

मेयर एकीकृत समाजवादीलाई छाडेको भन्दै कांग्रेसमा असन्तुष्टि समेत देखिएको थियो । अध्यक्ष नेपालले गठबन्धनका उम्मेदवारलाई भोट हाल्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  २ : ४७ बजे