Logo

मुख्य समाचार

बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच कुटाकुट, प्रहरीद्वारा हवाई फायर



काठमाडौं । बाजुरामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूबीच झडप भएको छ ।

एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली कांंग्रेसका कार्यकर्ताले एकीकृत समाजवादीका कार्यकर्ताबीच कुटाकुट भएको हो ।

शुक्रबार दुई समूहबीच बुढिनन्दा नगरपालिका वडा न ९ मा झडप भएको हो । कांग्रेसका कार्यकर्ताबाट बच्न एकीकृत समाजवादीका कार्यकर्ताहरु भागेर प्रहरी कार्यालयमा गएका थिए ।

पाण्डुसेन प्रहरी कार्यालयमा एकीकृत समाजवादीका कार्यकर्ता पसेपछि कांग्रेसका कार्यकर्ताहरुले प्रहरी कार्यालय तोडफोड गरेका छन् । प्रहरीले घटनालाई नियन्त्रणमा लिन हवाई फायर गरेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  २ : ५७ बजे