Logo

Breaking News 1

एमालेप्रति नेकपा (एस) झन कठोरः सबैलाई भोट दिने, एमालेलाई कुनै हालतमा नदिने !



काठमाडौं । नेकपा एकीकृत समाजवादीले पाँच दलीय गठबन्धन नभएको र आफ्नो पार्टीको एकल उम्मेदवार पनि नभएका स्थानीय तहमा एमालेविरुद्ध मतदान गर्ने निर्णय गरेको छ । पार्टीको सचिवालयले यो निर्णय अनुसार कार्यकर्तालाई निर्देशन दिएको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा मंगलबार साँझ बसेको सचिवालय बैठकले नेकपा एससँग गठबन्धन नभएका तथा आफ्ना उम्मेदवार पनि नभएका पालिकामा ‘दक्षिणपन्थी अवसरवादी एवं प्रतिगामी शक्तिका विरुद्ध मतदान गर्ने’ निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले विज्ञप्तिमार्फत जनाएका छन् ।

नेकपा एसले एमालेको नाम नलिइ गठबन्धनमा आफूहरु नभएका ठाउँमा पनि उसका विरुद्ध मतदान नगर्न भनेको हो । बैठकले गठबन्धन दलबीच सहमति कायम गर्न अझै पनि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको छ ।

महानगरपालिका तथा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय भएको भुसालले बताएका छन् । एमालेप्रति नेकपा (एस) झन कठोर बन्दै गएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ११ : २६ बजे