Logo

निर्वाचन विशेष

एमाले अछामले बागी उम्मेदवारसहित १४ जनालाई पार्टीबाट निस्कासन गर्‍यो



अछाम । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी खडा भएको भन्दै नेकपा (एमाले) अछामले १४ जनालाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निस्कासन गरेको छ ।

साँफेबगर नगरपालिका–६ मा वडाध्यक्षका बागी उम्मदेवार मीनबहादुर बोहरा, सदस्यका उम्मेदवार खड्कराज मुडभरी, धर्म दुवाल, सावित्री कडारा, अप्सरा स्वारलाई पार्टीको साधारण सदस्य नरहनेगरी निष्कासन गरिएको एमाले अछामका सचिव भीमबहादुर रावलद्वार हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै,सोही नगरपालिका–१ मा वडा सदस्यका उम्मेदवार पूर्णकुमार शाह र मय नेपाली, एमाले जिल्ला सदस्य दीपक कुँवर, हर्कविरही विक, जिल्ला सल्लाहकार सदस्य बलबहादुर रावल, बद्रप्रसाद धमाला, मंगलसेन नगरकमिटी सदस्य भक्त विक, कमलबजार नगरपालिका–५ का पार्टी अध्यक्ष केशव तिमिल्सेना, साँफेबगर नगरपालिका–९ का अध्यक्ष ध्रुव थापालाई निष्कासन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ९ : ४० बजे

हेल्पिङ हर्ट नेपालको सहयोगमा विपन्न परीवारलाई कम्बल वितरण सिरहा । तराई मधेशका जिल्लामा चिसोबढेसँगै सिराहाका विभिन्न पालिकामा अतिविपन्न घर परीवारलाई कम्बल वितरण गरिएको छ।  हेल्पिङ हर्ट नेपालको सहयोगमा जिल्लाको लहान, गोलबजार, महनौर र अर्नमा गाउँ पालिकामा गरी २५० गरिव, दलीत, विपन्न तथा एकलमहिलालाई कम्बल प्रदान गरिएको हो । सिराहामा बढ्दो सितलहरका कारण विपन्न परिवारका सदस्यको कठ्याङ्ग्रिएर मृत्युसम्म हुने गरेकाले चिसोबाट जोगिन जिल्लाको लहान नगरपालिकाको ५ र १९ नम्वर वडामा ५०/५० थान, गोलबजार नगरपालिका ११ थान, नरहा गाउँपालिका ३ थान र खोरिया, अर्नमागाउँ पालिका १ थान, महनौरमा ५०/५० घर परीवारलाई कम्बल प्रदान गरिएको संस्थाका जिल्ला संयोजक जियाउद्दिन खानले बताए ।