Logo

मुख्य समाचार

बैतडीमा एमालेका कार्यकर्ताद्वारा माओवादीका उम्मेदवारमाथि खुकुरी प्रहार



काठमाडौं । बैतडीमा एमालेका कार्यकर्ताले माओवादी केन्द्रका उम्मेदवारमाथि खुकुरी प्रहार गरेका छन् ।

डिलासैनी गाउँपालिका-५ का वडा सदस्यका उम्मेदवार हरिराम साउनमाथि गएराति एमाले कार्यकर्ताले खुकुरी प्रहार गरेका हुन् ।

साउदलाई उपचारका लागि धनगढी ल्याइएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

घटनामा संलग्न एमालेका कार्यकर्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १० : ४७ बजे