Logo

Breaking News 1

गठबन्धन बाहिर भएको तालमेल खारेज गर्ने नभए तत्काल कारबाही गर्ने गठबन्धनको निर्णय



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धको बालुवाटारमा बसेको बैठकले तीन बुँदे सहमति गरेको छ ।

प्रधानमन्त्री निवासका बसेको बैठकमा गठबन्धन दलभन्दा बाहिर तालमेल भएको स्थानको तालमेल तत्काल खारेज गर्ने सहमति भएको छ ।

बैठकले यदी अन्य दलसँगको तालमेल खारेज नगरे सम्बन्धीत दलले कारबाही गर्ने सहमति भएको हो ।

यस्तै, केन्द्रबाट भएको सहमति अनुसार ६ महानगर र ११ उपमहानगरको प्रमुख र उपप्रमुख पदमा भएको सहमति विपरित गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीलाई तत्काल फिर्ता गराउने सहमति भएको छ ।

सहमतिमा पाँच दलका शिर्ष नेताहरुले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ११ : ५९ बजे