Logo

समाचार

चितवनमा टेम्पो पल्टिँदा चालकको मृत्यु



काठमाडौं । चितवनको खैरहनी नगरपालिका-८ मगनी गाँउमा गएराती टेम्पो पल्टिँदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर-९ बस्ने अन्दाजी ३५ बर्षीय लक्ष्मण बछाइ रहेका छन् ।

भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको राती ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय खैरहनी चितवनले जनाएको छ ।

टुंगराबाट पर्सा तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०१ ह १६ २१ नम्बरको टेम्पो गएराती १० बजे अनियन्त्रीत भई पल्टिएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ११ : ३५ बजे