Logo

मुख्य समाचार

गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्दै



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बस्ने बैठकमा विभिन्न स्थानीय निकायमा उठेका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराउन पहल गर्ने विषयमा छलफल हुने बताइएको छ ।

बिहीबार पनि बालुवाटारमा बसेको बैठकले बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिइसकेको छ ।

आजको बैठकमा बागीले उम्मेदवारी फिर्ता नलिए कारबाहीलाई कार्यान्वयन गर्ने विषयमा पनि सहमति हुने बताइएको छ । विभिन्न स्थानीय निकायमा गठबन्धनभित्रै बागी उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ९ : ०८ बजे