Logo

मुख्य समाचार

नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्‍नतामा अतुलनीय परिवर्तन देखेको छ: अमेरिकी विदेशमन्त्री



काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन देखेको बताएका छन् ।

नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको अवसरमा ट्वीट गर्दै विदेशमन्त्री ब्लिन्केनले भनेका छन्, ‘हामी साझेदारको रूपमा हाम्रा उपलब्धिहरूमा गर्व गर्छौं, र मित्रताको धेरै दशकहरूको लागि तत्पर छौं ।’

उनले नेपालसँग धेरै दशक लामो मित्रताका लागि अमेरिका तयार रहेका बताएका छन् ।

दोस्रो विश्वयुद्धको समाप्तिसँगै अमेरिका नेपाल सम्बन्ध स्थापना भएको थियो । सन् १९४७ अप्रिलमा अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि नेपालमा अमेरिकी दूतावासको औपचारिक स्थापना भएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : ५२ बजे