Logo

Breaking News 1

देउवाको अपीलः देशभरका सबै स्वतन्त्र वागी उम्मेदवारी फिर्ता लिन आग्रह

साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी भन्ने भावना राखौं



काठमाडाै‌‌‌‌‌ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा देशभर पार्टी र गठबन्धनका उम्मेदवारविरुद्व स्वतन्त्र उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । सभापति देउवाले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी उम्मेदवारी फिर्ता लिएर पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपील गरेका छन् ।
‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थितिप्रति म जानकार छु । तर पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी’ भन्ने उच्चतम भावना राख्न आग्रह गर्दछु,’ देउवाले बिहीबार सार्वजनिक अपिल जारी गर्दै भनेका छन्, ‘पार्टीको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपील गर्दछु ।’
प्रधानमन्त्री देउवाले अहिलेको पाँच दलीय गठबन्धन संविधान विरोधी तथा लोकतन्त्र विरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई नेतृत्वमा निर्वाचित गर्ने गरी बनेको समेत स्मरण गराएका छन् ।

‘स्थानीय तहसम्म नै लोकतन्त्रका आधार स्तम्भहरूलाई मजवुद बनाउनु आजको सर्वाधिक आवश्यकता हो,’ देउवाले भनेका छन्, ‘पाँच दलीय गठवन्धनको अपरिहार्यतालाई आत्मसात गर्दै, कांग्रेस पार्टीकै नेतृत्वमा पाँच दलका बिचमा भएको स्थानीय तहको निर्वाचन सम्बन्धी तालमेलका विषयमा गठबन्धनको पटक–पटक बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि सातवटै प्रदेश कार्यसमिति, ७७ वटै जिल्ला कार्यसमिति र सबै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति लगायत पार्टीका सबै तह र निकायलाई निर्देशन गरिएको छ । म यही कुरा पार्टीका सबै सदस्यहरूलाई अनुरोध र आह्वान गर्दछु ।’

यस्तो छ देउवाकाे अपील :

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १ : १० बजे