Logo

अर्थ

बिहीबार पनि एक हजारले घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार भइरहेको छ ?



काठमाडौं । नेपाली बजारमा केही दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ ।

शुक्रबार पनि सुनको मूल्यमा एक हजारले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार ९९ हजार रुपैँयामा कारोबार भएको छापावल सुन आज ९८ हजारमा कारोबार भइरहेको छ ।

यस्तै, बिहीबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । महासंघकाअनुसार आज चाँदीको भाउ पनि तोलामा २० रुपैँयाले घटेको छ ।

बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ११ : ३८ बजे