Logo

मुख्य समाचार

रातिदेखि भरतपुरस्थित कमलनगर चोकमा लागेको आगो बल्ल नियन्त्रणमा, करोडौँको क्षति



काठमाडौं । बुधबार रातिदेखि चितवनको भरतपुरस्थित कमलनगर चोकमा लागेको आगो बल्ल नियन्त्रणमा आएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार बुधबार राति स्थानीय तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो । आगो नियन्त्रणका लागि बिहान २ बजे प्रहरीसहितको दमकल पुगेको थियो ।

आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिकाको एउटा, खैरहनी नगरपालिकाका २ वटा दमकल र नेपाली सेनाको एउटा दमकल प्रयोग गरिएको थियो ।

आगलागीबाट ६ वटा पसल पूर्ण रुपमा जलेर नष्ट भएको बताइएको छ । आगो नियन्त्रणमा लागि प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिएका थिए ।

आगलागीबाट करौँडोको क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण संकलन हुँदैछ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ७ : ३९ बजे