Logo

मुख्य समाचार

भरतपुरस्थित कमलनगर चोकमा रातिदेखि लागेको आगो अझै नियन्त्रणमा आएन



काठमाडौं । चितवनको भरतपुरस्थित कमलनगर चोकमा रातिदेखिको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

प्रहरीले दिएको जानकारीअनुसार बुधबार राति स्थानीय तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो । आगो नियन्त्रणका लागि बिहान २ बजे प्रहरीसहितको दमकल पुगे पनि अहिलेसम्म नियन्त्रणमा आउन नसकेको हो ।

आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिकाको एउटा, खैरहनी नगरपालिकाका २ वटा दमकल र नेपाली सेनाको एउटा दमकल लागि रहेका छन् ।

अधिकांश आगो नियन्त्रण्मा लिइएपनि अझै केही बाँकी रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लागि प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीय लागिरहेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ७ : ११ बजे