Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

खेलकुद

आईपीएल: गुजरात प्लेअफ नजिक



काठमाडौं । सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ मा सातौं जित निकाल्दै प्लेअफ नजिक पुगेको छ ।

जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । गुजरातका ऋद्धिमान शाहले सर्वाधिक ६८ रन बनाए । राहुल टेवाटियाले ४० रनको योगदान गरे । हैदराबादका उमरान मलिकले एक्लै ५ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनायो ।

हैदराबादका ओपनर अभिषेक शर्माले सर्वाधिक ६५ रन बनाए । यस्तै एडेन माक्ररमले ५६ रनको योगदान गरे । गुजरातका मोहम्मद शामीले ३ विकेट लिए ।

जितपछि गुजरात ८ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ८ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ७ : ०० बजे