Logo

निर्वाचन विशेष

आमाछोदिङमो गाउँपालिका दुई दलित महिला सदस्य निर्विरोध



काठमाडौं । रसुवाको आमाछोदिङमो गाउँपालिकामा दुई दलित महिला सदस्य निर्विरोध भएका छन् ।

बैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनका लागि सोमबार भएको मनोनयनमा गाउँपालिका-२ र ४ मा दलित महिला सदस्यमा एकल उम्मेदवार परेको हो ।

आमाछोदिङमो गाउँपालिकाका निर्वाचन अधिकृत शान्तिप्रसाद लुईंटेलका अनुसार वडा नम्बर २ मा दलित महिला सदस्यमा दिलमाया विक र वडा नम्बर ४ मा दलित महिला सदस्यमा गममाया विकको एकल उम्मेदारी परेको हो ।

यद्यपि निर्वाचन आयोगले निर्विरोधको औपचारिक घोषणा गरिसकेको छैन ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ९ : ५९ बजे