Logo

Breaking News 1

३५ हजार २२१ पदका लागि १ लाख २३ हजार ४ सय जना प्रतिस्पर्धामा



काठमाडौं । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा साढे एक लाख उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले सोमबार राति सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आइतबार र सोमबार गरी १ लाख २३ हजार ४ सय जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयन दर्ताको संख्यात्मक विवरण ९प्रणालीमा प्रविष्टि० गर्ने क्रम जारी रहेकाले उम्मेदवारको संख्या बढ्ने आँकलन गरिएको छ । यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो ।

स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ७ : १७ बजे