Logo

निर्वाचन विशेष

विराटनगरको मेयरमा काँग्रेसबाट नागेश कोइराला उम्मेदवार, उपमेयर जसपाबाट अमरेन्द्र



काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसले नागेश कोइरालालाई उम्मेदवार बनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको कांग्रेस शिर्ष नेताहरुको बैठकले नागेशलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेसले गठबन्धनको भागबण्डाबाट पाएको तीन महानगरपालिकामा उम्मेदवार चयन सकेको छ । कांग्रेसले पाएको काठमाडौंमा सिर्जना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरमा कोइरालालाई उम्मेदवार बनाएको हो ।

यस्तै, विराटनगरको उपमेयरको भाग पाएको जनता समाजवादी पार्टीले उपमेयरमा पार्टी अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १२ : ३४ बजे