Logo

अर्थ

सोमबार घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?



काठमााडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य प्रतितोला ३ सयले घटेको हो । आज छापावाला सुन प्रतितोला एक लाख २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोला ९९ हजार ७ सयमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज (सोमबार) चाँदीको मूल्य पनि तोलामा १० रुपैँयाले घटेको छ ।

आज चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ११ : १४ बजे