Logo

Breaking News 1

गठबन्धनअन्तर्गत कांग्रेसबाट काठमाडौंको मेयरको उम्मेदवार सिर्जना सिंह



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन मध्ये प्रमुख दल नेपाली कांग्रेसको भागमा परेको काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहलाई बनाउने निर्णय कांग्रेसले गरेको छ ।

अहिलेसम्म आधिकारीक जानकारी नगराइएपनि सिंहलाई उम्मेदवार बनाउने सहमति भइसकेको कांग्रेसका एक नेताले जानकारी दिएका छन् ।

आज दिउँसो दलबलसहित सिंह उम्मेदवारी दर्ता गराउन जाने तयारीमा रहेको उनले बताए ।

सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ४२ बजे