Logo

Breaking News 1

हेबिवेट नेतालाई पछाडि पार्दै एमालेबाट विराटनगरको मेयरको टिकट सागरले पाए



काठमाडौं । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको टिकट सागर थापालाई दिएको छ ।

मेयरका आकांक्षी हेबिवेट नेताहरुलाई पछाडि पार्दै थापाले टिकट पाएका हुन् । मेयरका लागि लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे लगायतका हेबिवेट नेताहरु आकांक्षी थिए ।

यस्तै, एमालेले उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । विराटनगरको नेतृत्व गठबन्धनको भागबण्डामा कांग्रेसलाई परेको छ भने उपमेयर जनता समाजवादी पार्टीलाई परेको छ ।

कांग्रेसले मेयरको टुंगो लगाउन सकेको छैन भने उपमेयरमा जसपा अध्यक्ष उपेन्द्र यादवले छोेरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाउने तयारी गरेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ३९ बजे