Logo

मुख्य समाचार

मेयरको टिकट नपाएपछि यादवद्वारा कांग्रेस परित्याग



काठमाडौं । नेपाली कांग्रेस रुपन्देहीका पूर्व क्षेत्रीय सभापति मातृका यादवले राजीनामा दिएका छन् ।

सिद्धार्थनगर नगरपालिकाको मेयर पदको उम्मेदवारको आकांक्षी रहेका यादवले टिकट नपाउने भएपछि साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

एकलौटी रूपमा कांग्रेस नगर समितिले मेयर पदको उम्मेदवार सिफारिस गरेकोमा असुन्तष्टि व्यक्त गर्दै उनले राजीनामा दिएका हुन् ।

कांग्रेसले सिद्धार्थनगरको नगर प्रमुखमा इस्तियाक अहमदको नाम सिफारिस गरेपछि उनले पार्टी परित्याग गरेका हुन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ३ : ३० बजे