Logo

मुख्य समाचार

माओवादीको पूर्वस्थायी कमिटीको बैठक जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटीको बैठक अहिले बसिरहेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसिरहेको बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको विषयमा छलफल भइरहेको छ ।

सत्तारुढ गठबन्धन भित्र भागबण्डा मिल्न नसक्दा सकस भएको छ ।

गठबन्धनले आजको बैठकबाट भागबण्डा टुंगो लगाउने दाबी गरिरहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १२ : १८ बजे